स्थानीय शासन सञ्चालन ऐनको संशोधन विधेयकमा समान धारणा बनाउन आवश्यक : नगरप्रमुख गिरी

  काठमाडौँ फागुन १४ ,
काठमाडौँ उपत्यकाका उपप्रमुख सञ्जालको ७ औँ बैठकलाइ सम्बोधन गर्दै उपत्यका मेयर्स फोरमका महासचिव एवं चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले स्थानीय सरकार सञ्चालन ऐनको संशोधनको मस्यौदामाथि उपत्यका मेयर्स फोरमको बैठकमा सबै प्रमुख र उपप्रमुख बसेर छलफल गर्नुपर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले काठमाडौँ महानगरपालिकाले उपप्रमुख प्रमुख सञ्जालको बैठकमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, संशोधनले स्थानीय सरकारको संरचना र अवस्थामा प्रभाव पार्ने भन्दै मेयर्स फोरमका महासचिव गिरीको ध्यानाकर्षण गराएसंगै उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अघि बढेको स्थानीय सरकार सञ्चालन ऐनको संशोधनको मस्यौदामाथि फोरमको सचिवालय बैठकमा छलफल गरेर यसलाई प्रस्तावका रुपमा अगाडि बढाउने र बैठकमार्फत संशोधनका बुँदामा उपप्रमुखहरुको समान धारणा बनाउनु पर्ने बताउनुभएको हो ।  साथै उहाँले उपप्रमुख सञ्जालको ७ औँ बैठकमा आगामी फागुन १८ गते फोरमको बैठक बस्ने योजना रहेकोसमेत जानकारी दिनुभयो ।

यसैवीच हरेक महिना एक एकवटा पालिकाले बैठकको अध्यक्षता गर्ने र यो अर्कोमा सर्दै जाने सञ्जालले अभ्यास अनुरुप यसपटक काठमाडौँ उपत्यकाका उपप्रमुख सञ्जालको ७ औँ बैठकको आयोजना गरेको हो ।

त्यस्तै आजको बैठकमा उपप्रमुखको जिम्मेवारीमा पर्ने विषयमा विषयविज्ञको प्रस्तुति राखेर त्यसमा छलफल गर्ने क्रममा यसपटक स्थानीय तहको राजस्व व्यवस्थापन र स्थानीय करका विषयमा नेपाल सरकारका पूर्व सचिव गोपीकृष्ण खनालले प्रस्तुतिकरण गर्नुभएको थियो ।

यसअघि सञ्जालको छैटौँ बैठक ललितपुरको महाङ्काल गाउँपालिकाले आयोजना गरेको थियो गाउँपालिकाकी उपप्रमुख डोल्मामाया गोलेले बैठकको निर्णय पुस्तिका चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठलाई प्रदान गर्दै बैठकको अध्यक्षता हस्तान्तरण गर्नुभएको हो थियो । त्यस्तै सञ्जालको अर्को बैठक मध्यपुर थिमी नगरपालिकाले आयोजना गर्ने भएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829