सोमवार, जेष्ठ ७, २०८१

यस्तो छ वैशाख १५ मा हुने उपनिर्वाचनको कार्यतालिका

 काठमाडौं फागुन १४,

निर्वाचन आयोगले आगामी २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले इलामको निर्वाचन क्षेत्र .नं   २ र बझाङको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा उपनिर्वाचनको कार्यतालिकसंगै आगामी चैत २४ गते उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरेको हो ।

त्यस्तै आयोगले प्रकाशित कार्यतालिकामा उपनिर्वाचन निर्वाचन प्रयोजनार्थ दल दर्ताका समय फागुन २४ देखि ३० गतेसम्म र चैत २४ गते उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिने उल्ेख गरिएको छ ।

त्यस्तै, चैत २८ देखि २०८१ वैशाख १२ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोक्दै २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने जनाएको छ ।