सोमवार, जेष्ठ ७, २०८१

राजेन्द्र महतोले गरे पार्टी परित्यागको घोषणा

काठमाडौं फागुन १४,
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत महतोले पार्टी परित्याग गरेको औपचारिक जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा आफुले पार्टी परित्याग किन भन्ने विषयमा प्रष्टोक्ति दिदै नेता महतोले बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानका लागि राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियानको विकल्प नभएको ठहर सहित बहुराष्ट्रिय राज्य’ स्थापनाका लागि अयिान सञ्चालन गर्नु आफ्नो लक्ष्य रहेको बताए ।

साथै उनले प्रस्तुत अभियानमा समाहित हुन कुनै एउटा पार्टी र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएको जनाउसंगै लोसपा, जसपा, कांग्रेस, एमाले सबै पार्टीहरूमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरू एकजुट हुनुको विकल्प नभएको भन्दैआफ्नो क्रान्तिका लागि सबैलाइ साथ दिन समेत आह्वान समेत गर्नुभयो ।