सोमवार, जेष्ठ ७, २०८१

न्युजिल्याण्ड र कतार पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने गुरुङद्वय र रोशनी राणा पक्राउ

 काठमाडौं फागुन १४,

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका -४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका- ७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अभियुक्तद्वयले वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको प्रारमिभक अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिएको छ ।

यसैवीच प्रहरीले कतार पठाइदिन्छु भन्दै २ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका- ९ बस्ने ३५ वर्षीया रोशनी राणालाई आइतबार दिउँसो पक्राउ गरेको छ।

राणाले वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको जनाउँदै थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।