संसद बैठकमा एमाले लगायतका प्रतिपक्ष दलको नाराबाजी सहित अवरोध

काठमाडौं फागुन १४ ,

आजपनि नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । विवादित मन्त्रीहरुलाई कारबाही गर्न माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमालेका सांसदहरुले बैठकको शुरुआतदेखि नै नाराबाजी गर्दै बैठक अगाडि बढ्न नदिएका हुन् । विवादित एवं भ्रष्ट मन्त्रीहरुले राजीनामा नदिएसम्म बैठक अगाडि बढ्न नदिने तयारी नेकपा एमालेको रहेको छ ।

सभामुख देवराज घिमिरेले पटक पटक बैठक सञ्चालन गर्न दिन आग्रह गरे पनि बैठक अगाडि बढ्न नसक्दा बिहान ११ः३७ बजे १५ मिनेटका लागि स्थगित गरिएको छ ।

विरोधको क्रममा एमाले सांसदहरुले दूग्ध पीडित किसानको मागसँगै मिटरब्याजीका माग सम्बोधन गर्न समेत नाराबाजी गरेका थिए । यसैवीच विरोधको क्रममा प्रतिपक्ष दल राप्रपासँगै रास्वपाले पनि बालकुमारीमा गत पुस १३ गते भएको घटनाका दोषी मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

स्मरण रहोस, संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूचीसंगै
राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अन्तिममा अर्थमन्त्री डा। प्रकाशशरण महतले आव २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829