सोमवार, बैशाख ३१, २०८१

१४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष गुरुङ पक्राउ

काठमाडौं फागुन १४ ,
केन्द्रीय अनुसन्धान ब्यूरो [सीआईबी] को टोलीले सुन तस्करी प्रकरणमा कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेसंगै गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो [सीआईबी] ले जनाएको छ।

 “दुबईबाट १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् ।” गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको [सीआईबी]ले जनाइएको छ