आइतवार, जेष्ठ ६, २०८१

प्रसूति गृहबाट चोरी भएको २६ दिनको बच्चा सहित मनकुमारी सिंह प्रहरीको नियन्त्रणमा

बच्चा चोरेर भाग्दै गरेकी महिला

 काठमाडौं फागुन १२,

शुक्रवार राजधानीको थापाथलीस्थित प्रसूति गृहबाट चोरी भएको २६ दिनको बच्चा काठमाडौंको काँडाघारीमा भेटिएको छ ।

प्रहरीले बच्चा लिएर जाने मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार शुक्रवार बिहान ११ बजे नियमित परीक्षणका लागि अस्पताल पुगेकी काभ्रे चौरी देउराली घर भकी २२ वर्षीया सबिना श्रेष्ठले आफ्नो बच्चा अपरिचित महिलालाई बोक्न दिएकी थिइन् । तर, आफ्नो बच्चासहित ती महिला अस्पतालबाट गायब भएपछि अनुसन्धानका लागि सविनाले प्रहरीमा उजुरी दिएसंगै उनको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बच्चाको खोजी गरको थियो ।

अन्तत बच्चा लिई फरार भएकी दैलेख नौमुले गाउँपालिका९१ घर भई हाल काठमाडौं काँडाघारी बस्ने मनकुमारी सिंह, उनका श्रीमान नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई प्रहरीले पक्राउ गर्दै बच्चालाई उद्धार गरी अभिभावकको साथमा उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाई उपचार भइरहेको प्रहरीले जनाएको छ ।