सोमवार, बैशाख ३, २०८१

आज श्रीस्वस्थानी परमेश्वरी व्रतकथाको विधिवत साङ्गे गरिदैं

साँखुस्थित देवी स्वस्थानीको मन्दिर

काठमाडौं फागुन १२,
गत पौष शुल्क पूर्णिमादेखि सुरुभएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको आजबाट साङ्गे हुँदैछ । एक महिनासम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएको छ ।

हिन्दू धर्मावलम्बी समूदायकावीच बीच विशिष्ट महत्व राख्ने यो व्रत बस्नाले मनले चिताएको मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बस्ने गरिन्छ ।

त्यस्तै गरि आजको दिन स्वस्थानी परमेश्वरीको व्रतकथामा उल्लेख भएको अनुरुप व्रतालुहरूले स्वस्थानी परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरीलगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १०८ संख्यामा परमेश्वरीलाई चढाउने गरिन्छ । स्वस्थानी परमेश्वरीको शिलामूर्ति राजधानीको वडा न २४ मखनटोलस्थित तारिणी बहालभित्र छ ।

यसैवीच स्थानीय साँखुस्थित शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए । त्यस्तै आजैबाट घरघरमा वाचन गरिने स्वाथानी कथा वाचा तथा स्वस्थानी व्रतको सांगे समेत आजै गरिदैछ ।