सोमवार, जेष्ठ ७, २०८१

थापाथलीस्थित प्रसूति गृहबाट २६ दिने शिशुको चोरी

बच्चा चोरेर भाग्दै गरेकी महिला

काठमाडौं फागुन ११,
थापाथलीस्थित प्रसूति गृहबाट एक शिशुको चोरी भएको छ । काभ्रेकी एक महिलाको २६ दिने शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ ।

बिहान ११ बजे नियमित परीक्षणका लागि अस्पताल पुगेकी काभ्रे चौरी देउरालीकी २२ वर्षीया सविना श्रेष्ठले आफ्नो बच्चा एक अपरिचित महिलालाई बोक्न दिएकी थिइन् । तर ती महिला अस्पतालबाट गायब भएपछि अनुसन्धानका लागि पीडित आमाले प्रहरीमा उजुरी दिएकी हुन् ।

पीडित महिलाका श्रीमान् ट्याक्सी चालक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बच्चाको खोजी गरिरहेको जनाइएको छ ।

बच्चा चोरेर भाग्दै गरेकी महिला सीसीटीभीमा कैद भएको जानकारी दिदै उनको खोजी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको दिदै सीसीटीभीमा कैद भएको उनको तस्बिर सार्वजनिक गर्दै प्रहरीले शिशु र शिशु लैजाने महिलाको खोजी जारी रहेको जनाएको   छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031