सोमवार, बैशाख ३, २०८१

सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सत्तापक्ष र प्रतिपक्षबीच भनाभन, प्रधानमन्त्री प्रचण्डलाइ तीन दिनको अल्टिमेटम

काठमाडौं फागुन ११,
प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै प्रतिपक्षी एमाले र राप्रपाले विवादमा परेका मन्त्रीलाई राजीनामा माग गर्दै बैठक सञ्चालनमा अवरोध सिर्जना गरेका छन । आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डलाइ तीन दिनको अल्टिमेटम दिदै सदनमा उपस्थित भएर जवाफ दिन समेत माग गरेका छन ।

एमालेले बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स काण्डमा अख्तियारले अनुसन्धान गरिरहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनी क्षेत्र विकास कोष ठेक्का प्रकरणको विवादमा मुछिएका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेको हो ।

बैठक सञ्चालनमा अवरोध सिर्जना भएसंगै सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको बैठक दुई घण्टापछि पुन सुरु भएको बैठकमा प्रतिपक्ष एमाले र राप्रपाले १३ र १४ गते बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अन्यथा बैठक सुचारु हुन नसक्ने जनाउ दिएका छन ।

बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच भनाभन भएपछि स्थगित भएको बैठक विपक्षी दलहरुले आफ्ना कुरा राख्ने र त्यसको जवाफ दिन सभामुखले सरकारलाई रुलिङ गर्ने सहमति भएसँगै पुनः सुरु भएको थियो । सभामुख घिमिरेले सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आजको बैठकमा एमाले सांसद योगेश भट्टराईले विवादित मन्त्रीलाई राजीनामा गराएर प्रधानमन्त्रीसहित गृहमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए । यस्तै, राप्रपा सांसद ज्ञानबहादुर शाहीले बालकुमारी घटनामा गृहमन्त्रीले समेत राजीनामा दिनुपर्ने बताए ।