मङ्लबार, जेष्ठ १, २०८१

काँग्रेस महासमिति- कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनाउनु पर्छ :सभापति थापा

 गोदावरी फागुन ११ गते

नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले महासमिति बैठक आमनागरिकका जनजिविकाका सवालमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा बिहिवार धारणा राख्ने क्रममा उहाँले बैठक गठबन्धनमा केन्द्रीत भएकोमा असन्तुष्टि व्यक्त गर्दै महासमितिले जनताको जनजिविकाको सवाललाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले आफुपनि गठबन्धनको बलले निर्वाचन जितेर आएको उदाहरण प्रस्तुत गर्दै अहिलेको गठबन्धनलाई पाँच वर्ष निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले गठबन्धन रणनीतिक विषय भएको बताउँदैं अहिले नै यस बारेमा चर्चा गर्नु अनुचित भएको धारणा राख्नुभयो । “महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भयो । गठबन्धन हुनु या नहुनुले के फरक पर्छ रु म आफु पनि गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको हो । यो गठबन्धन पाँच वर्ष निरन्तर जानुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले महासमिति बैठकले अहिलेको राज्यको जल्दो बल्दो विषय मिटरव्याज पिडीत, सहकारी पिडीत, किसानहरुको मल बिउविजनका समस्या, युवाहरुको विदेश पलायनका विषय, रोजगारका सवाल र समग्र अर्थतन्त्र सवल बनाउने विषयमा केन्द्रीत गरेर नीति निर्माण गरी कांग्रेसलाई सोही नीति अनुसार अगाडि बढाएर आम जनताको भरोसा योग्य पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कांग्रेसलाई पूर्ण रुपमा सभापतिय प्रणालीमा चलाउने व्यवस्थामा जानुपर्ने बताउनुभयो । “पदाधिकारी कति छन् गन्न पनि सक्दिन । जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ । कांग्रेसलाई पूर्ण रुपमा सभापतिय प्रणालीमा सञ्चालन गर्ने व्यवस्थामा जानुपर्छ,” उहाँले भन्नुभयो ।  उहाँले महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनानुपर्नेमा समेत जोड दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031