सोमवार, जेष्ठ ७, २०८१

कांग्रेस महासमिति: बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मत पारित

 काठमाडौं फागुन १०,
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मत पारित भएका छन् ।

महासमितिमा पेस भएका उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र अर्का महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव पारित भएको हो ।

त्यस्तै बैठकले लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन पनि केन्द्रीय समितिले अनुमोदन गर्ने गरी सर्वसम्तले पारित गरेको हो ।

यअसघि महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले करतलध्वनी सहित पारित गएको हो ।