सोमवार, जेष्ठ ७, २०८१

त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त

 काठमाडौं फागुन १०,
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका बराललाई त्रिविको २०औं उपकुलपतिमा प्रधानमन्त्री तथा त्रिविको कुलपति प्रचण्डले उपकुलपतिम नियुक्त गर्नुभएको हो ।

यहसअघि त्रिविको उपकुलपतिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा गठित सिफारिस समितिले ३ जना क्रमस चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । यसरी सिफारिस भएका मध्ये प्रधानमन्त्री प्रचण्डले व्यवस्थापन संकायका प्राध्यापक बराललाइ उपकुलपति नियुक्त गर्नुभएको हो।