सोमवार, बैशाख ३१, २०८१

क्यानडा पठाइदिन्छु भन्दै २० लाख ठगी गर्ने भट्टराई पक्राउ

  ‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं फागुन ११,

 काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवले क्यानडा पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेको अभियोगमा झापा हल्दिबारी  गाउँपालिका -१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ४ कपन बस्ने ४० वर्षीय बलराम भट्टराईलाई बिहीबार दिउँसो सुकेधाराबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भट्टराईले १ जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाई प्रतिष्ठित होटलमा मासिक ४ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको भट्टराईलाइ थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएके   छ ।