सोमवार, बैशाख ३, २०८१

नापी सर्वेक्षक यादव र नासु पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

 काठमाडौं फागुन ११,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ परेका सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध दायरमुद्धामा रु दुई लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ ।

 त्यसैगरी, आयोगले विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध पनि मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।