सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस महासमिति: बन्दसत्रमा प्रस्तुत प्रस्ताव पारित गर्दै बैठक सक्ने काँग्रेसको तयारी

सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको तर्फबाट प्रस्तुत पूरक प्रस्ताव बैठकमा पेश हुँदै

काठमाडौं फागुन १०,
नेपाली कांग्रेसको जारी महासमिति बैठक आज सकिँदै छ । पाँच वटै प्रतिवेदन पारित गरी आजै बैठक समापन गर्ने कार्यतालिका छ । बैठकको आजको सेसनमा प्रतिनिधिहरुले आफ्नो धारणा राख्नेक्रमसंगै बन्दसत्रमा प्रस्तुत प्रतिवेदनहरुमाथि समूहगत छलफल अन्र्तगत समूह नेताले सुझाव पेस गर्ने कार्यसूची रहेको छ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक तथा प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती र श्याम घिमिरेले लेखा प्रस्तुत प्रतिवेदनमा चार वटै समूहका नेताले सुझाव दिएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिने कार्यक्रम रहेको जानकारी दिनुभयो । त्यसपछि प्रतिवेदन पारित गरेर बैठक समापन उन्मुख हुने जनाउ दिनुभएको हो ।

यसैवीच जारी महासमिति बैठकमा नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको तर्फबाट पूरक प्रस्ताव महासमिति बैठक पेश हुने बुझिएको छ। पार्टीको उपस्थित बहुमत प्रतिनिधिले हस्ताक्षर गरेको उक्त प्रस्तावमा महासमिति तथा पार्टीका नेता तथा शुभेच्छुकहरूलाइ साथ दिन अभियानका संयोजक शंकर भण्डारीले आग्रह गनुृभएको छ।