सोमवार, जेष्ठ ७, २०८१

राप्रपाले ४० बुँदे मागसहित प्रधानमन्त्री प्रचण्डालाइ ज्ञापनपत्र बुझाउँदै

काठमाडौं फागुन ९,
राष्ट्रिय प्रजातन्त्र पार्टी[राप्रपा]ले सरकारसँग ४० बुँदे माग राख्दै आजदेखि चरणबद्ध आन्दोलन सुरु गर्दैछ ।

 चरणबद्ध आन्दोलनको शुरवाती चरणमा राप्रपाले आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डालाइ राजसंस्था र हिन्दुराष्ट्रको पुनस्स्थापना, प्रदेश संरचनाको खारेजीसंगै अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, राष्ट्रियता, विकास, सुशासन लगायतका ४० बुँदे माग राखेर प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

त्यस्त्ै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेपछि राप्रपाले आज दबावमूलक र्‍याली सहितको नगरपरिक्रमा र भृकुटीमण्डपमा आयोजना हुने सभालाइ अध्यक्ष लिङ्देन लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

यस्तो राप्रपाले ४० बुँदे मागसहित प्रधानमन्त्री प्रचण्डलाइ बुझाउँदै गरेको ज्ञापनपत्रको पूर्णपाठ