सोमवार, जेष्ठ ७, २०८१

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित डेरामा मृत फेला परेका परिवारको सनाखत

 काठमाडौं फागुन ९,

बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ सितापाइलास्थित एक घरको डेरामा मृत फेला परेको एकै परिवारका तीन जनाको सनाखत भएको छ।

प्रहरीक अनुसार सनाखत भएका मृतकमा क्रमस ओखलढुंगा घर भई घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी नातिनी शिवाना श्रेष्ठ रहेको जनाएको छ ।  घटनास्थलमा श्रीमान राजु घिमिरे फेला नपरेका कारण प्रहरीले राजु घिमिरेले हत्या प्रकरण घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ।

श्रीमानमाथि शंका गरे पनि पछिल्लो समय हत्यामा संलग्न रहेको आशंका गरिएका घिमिरे घटनास्थलभन्दा केही टाढा झुण्डिएको अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यद्यपी प्रहरीले घिमिर समेत लास बरामद गरेयता उनले किन आफ्नै परिवारको हत्या गरि आपफुले पनि आत्मा हत्या गरे भन्ने सवालमा अनुसन्धान जारी रहेको जनाएके छ।

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित डेरामा मृत फेला परेका परिवारको सनाखत