सोमवार, जेष्ठ ७, २०८१

काठमाडौँ महानगरले फागुन १६ गतेबाट रुबेला दादुरा खोप अभियान सञ्चालन गर्दै

काठमाडौं फागुन ९,

काठमाडौँ महानगरले फागुन १६ गतेदेखि २ चरणमा रुवेला दादुरा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसेको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा दादुरा खोप कार्यक्रम सञ्चालन सम्बन्धी जानकारी दिइएको हो ।

फागुन १६ गतेदेखि १९ वटा वडाहरु ९ वडा नं। १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८० र फागुन २० गतेदेखि १३ वटा वडाहरु ९४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२० मा खोप कार्यक्रम चल्नेछ । खोपमा रुवेला दादुरासँगै नियमित खोप पनि प्रदान गरिने महानगरको तयारी रहेको छ ।

स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली [एचएमआइएस]ले, ९ महिनामाथि र ५ बर्षमुनिका ४१ हजार ९२ जना बालबालिका देखाएको छ । यिनीहरुलाई रुवेला दादुरासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइनेछ ।

यसरी दिइने खोपहरुमा डिपीटी, हेप बी–हिब, पीसीभी, आइपीभी रहेका छन् । यस्तै ५ बर्षमाथि १५ बर्ष उमेर तलका बालबालिकाको संख्या १ लाख १ हजार १२९ जना देखाएको छ । उनीहरुलाई रुवेला दादुराको खोप दिइने महानगरले जनाएको छ ।