सोमवार, जेष्ठ ७, २०८१

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने पूर्व राजा ज्ञानेन्द्रको प्रतिबद्धता

काठमाडौ फागुन ७,
आज फागुन ७ अर्थात ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईदैछ। २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन नसक्ने भन्दै उनले आफ्नो श्रोत, साधन र सिप सबै समाहित हुनुपर्ने बताउनु भएको छ।  त्यस्तै सन्देशमार्फत उहाँले प्रजातन्त्रको पूजा गरेर नपुग्ने काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र आचरण संगै जनता जनार्दनले जे भन्छन् त्यो सुन्नुपर्ने भन्दै राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार अनुरुपका कामकारवाही गर्नुपर्ने बताउनुभएको छ।

साथै उहाँले आफ्नो सन्देशमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता हामी राख्दछौं। प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रहिरहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं,’ सन्देशमा भनिएको छ।

 ‘यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ। सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देशमै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ,’ सन्देशमा भनिएको छ ।