सोमवार, जेष्ठ ७, २०८१

लोकतान्त्रिक गणतन्त्र सात दशक भन्दा लामो संघर्षबाट प्राप्त महत्त्वपूर्ण उपलब्धि : राष्ट्रपति

 काठमाडौ फागुन ७,

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएकोछ।  ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र र महत्वपूर्ण रहेको बताउनुभएको हो ।

त्यस्ते सन्देशमा उहाँँले लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग २००७ सालको क्रान्ति थियो भन्ने बिर्सन नहुनेमा जोड दिदै आजको यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्बन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वाससंगै जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको जिकिरसंगै नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनुभएकेछ।

साथै आजको यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्वन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु भन्नुभएकोछ ।