सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्रीसंग तेह्र सांसदले प्रश्न सोध्ने

काठमाडौं फागुन ६,

प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच सवाल जवाफ हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आजको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाइ संसदमा १३ जना सांसदले प्रश्न सोध्ने छन् ।

प्राप्त जानकारी अनुसार आजको सेसनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले प्रश्न टिपाएको थहा भएको छ।

 यस्तै नेपाली कांग्रेसका गगन कुमार थापा, कान्तिका सेजुवाल, किशोरसिंह राठोर, कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, गणेश पराजुलीले पनि संवादमा सहभागी हुन आफ्ना प्रश्न संसद सचिवालयलाई बुझाएको यसरी प्राप्त भएको प्रश्नको प्रधानमन्त्री प्रचण्डले संसद बैठकमा जवाफ दिन लाग्नु भएको हो ।