सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस नेतृत्वलाइ प्रदेश क्षेत्रिय सभापति फोरमको ५ बुँदे साझा दृष्टिकोण सहितको ध्यानाकर्षंण

 काठमाडौ फागुन ६ ,
काठमाडों कांग्रेस अन्र्तगत रहेको १० वटै निर्वाचन क्षेत्रका प्रदेश सभापतिहरुको नवगठित प्रदेश क्षेत्रिय सभापति फोरमले पार्टीको तल्लो तहको आवाज मुखरित गर्दै सोमवारदेखि शुरु हुने काँग्रेसको महासमिति बैठकमा समयसापेक्ष वैचारिक वहससंगै महासमिति बैठकलाई थप गतिशिल बनाउन केन्द्रीय नेतृत्वसमक्ष ५ बुँदे नीतिगत निर्माण र सुधारका लागि साझा दृष्टिकोण सहित मौजुदा पार्टीगत विधानमा तत्काल संशोधन गर्नुपर्ने मार्गचित्र प्रस्तुत गरेका छन ।

प्रदेश क्षेत्रिय सभापति फोरमका संयोजक शिवकुमार खनालले पछिल्लो समय कांग्रेसको नीति र नेतृत्व दुवैमा देखिएको विचलन र पार्टीको मूल्य ,मान्यता र सिद्धान्त विपति मौलाउँदै आएको पारिवारिक विरासत, नातावाद र कृपावाद जस्ता बढ्दो वेतिथिले संगठन प्रभावित भएको ठहर सहित तत्काल पार्टीमा नयाँ उर्जा सञ्चार गर्न साझा दृष्टिकोण सहित मौजुदा पार्टीगत विधानमा संशोधन गर्नुपर्ने तीन महले मार्गचित्र सहित केन्द्रीय नेतृत्वको ध्यानाकर्षणका लागि प्रस्तुत गरेको जानकारी दिनुभयो ।

त्यस्तै संयोजक खनालले  काँग्रेसको विगत र आगत भविष्यलाइ समेत दृष्ठिगत गर्दै भुईतहको आवाज माथि घनिभूत छलफलपछि तय गरिएको साझा दृष्टिकोणले समयसापेक्ष वैचारिक वहससंगै काँग्रेसको साङ्गठनिक संरचनामा नयाँ प्राण भर्न सकारात्मक पहल हुनेदावी  सहित  शनिवार  पार्टी मुख्यालयका  मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत पार्टी सभापति देउवा र  प्रदेश सभापति  इन्द्र वाँनियालाई बुझायएको  बताउनुभयो ।

साथै उहाँँले फोरमको तर्फबाट प्रस्तुत साझा दृष्टिकोण क्ँग्रेस सभापति शेरवाहादुर देउवा , उपसभापतिद्वय पूर्णबहादुर खड्का धनराजगुरुङ्ग महामन्त्रीद्वय विश्वप्रकाश शर्मा गगन थापा , वरिष्ठ नेता डा शेखर कोइराला, काठमााडैं काँग्रेसका आधारस्तम्भ एवम पार्टीका पूर्वमहामन्त्री प्रकाशमानसिंह , बागमती प्रदेश सभापति इन्द्रवहादुर वाँनियालाइ बुझाइनेजानकारी दिनुभयो । साथै केन्द्रीय नेतृत्वलाइ बुझाइएको उक्त ध्यानाकर्षण सहितको सुझाव महासमिति बैठकमा सहाभागी हुने सबैलाइ पर्चाको प्रारुपमा वितरण समेत गर्ने फोरमको तयारी रहेको
बताउनुभयो ।

फोरमको तर्फबाट तय गरिएको साझा दृष्टिकोणमा मुलत गठबन्धनको सहाराबाट मुक्त, समानुपातिक निर्वाचन प्रणाली,राजनितिक संस्कृति, आचरण र मर्यादा, छापामा स्थान पाएको हाम्रो लक्ष्य, नारा र संकल्पपत्र र भातृ, सुभेच्छुक,तथा पेशागत संगठन शिर्षकमा ब्याख्यात्मक टिप्पणी गरिएको र प्रस्तुत शिर्षकमा गरिएको ब्याख्यात्मक टिप्पणीलाइ कार्यान्वयन गर्दै जनताको मनोभावना अनुरुप काँग्रेसलाइ गतिशिल बनाउन् आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै विधान संशोधनको हकमा पनि मौजुदा विधानको परिच्छेद ३, नियम ९ ख, परिच्छेद ३, नियम १० ग,परिच्छेद ३, नियम १२ १ग परिच्छेद ४, नियम १३ १ख,परिच्छेद ६, नियम १५, १ग र १च,परिच्छेद ८, ३०, परिच्छेद ८, नियम ३२, १क देखी ङ,परिच्छेद ८, ३२ [३],परिच्छेद ८, ३२ [७] गरिनुपर्ने सुधार प्रस्तुत गरिएको संयोजक जानकारी दिनुभयो । 

यस्तो छ विधान संशोधनको तीन महदे मार्गचित्र सहित नीतिगत निर्माण र सुधारका लागि प्रस्तुत दृष्टिकोणको पूर्णपाठ