सोमवार, जेष्ठ ७, २०८१

रौतहटमा मूर्ति सेलाउने विषयमा सिर्जित झडपका कारण जारी कर्फ्यु आदेश कायमै

 काठमाडौं फागुन ६
सरस्वतीको मूर्ति सेलाउने विषयमा विवाद बढेर हिन्दू र मुस्लिमबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवारदेखि जारी गरेको कर्फ्यु आज पनि जारी रहेको छ । दुई पक्षबीच भएको झडपमा केही स्थानीय घाइते भएका छन् । झडप र साम्रदायिक सद्भाव बिग्रिन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


जारी कर्फ्यु आदेशमा पूर्वमा जोकाहा, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकाल सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको उल्लेख रहेको छ ।