सोमवार, जेष्ठ ७, २०८१

राजनीतिक दललाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन

काठमाडौं फागुन ३,

  निर्वाचन आयोगले राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम गर्न गराउन १५ बुँदे निर्देशन दिएको छ । आयोगले दिएको निर्देशनमा क्रमस आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले विधान संशोधन वा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरी पेश गर्न भनेको छ।

त्यस्तै दलको स्वीकृत विधानबमोजिम महाधिवेशन वा आयोगको अभिलेखमा रहेको केन्द्रीय कार्यकारिणी समितिबाट मात्र निर्णय गरी महाधिवेशनबाट अनुमोदन गराई अद्यावधिकका लागि आयोगमा पेस गर्न र योग्यता पुगेको व्यक्तिलाई मात्र सदस्यता वितरण र निर्वाचन, मनोनयन वा नियुक्ति गर्न, सदस्यता वितरणको विवरण स्थानीय तह, प्रदेश तह तथा केन्द्रीय तहमा अद्यावधिक गर्न पनि आयोगले निर्देशन दिएको छ।

साथै राजनीतिनिर्देशनको ११ बुँदामा आयोगले दल सम्बन्धी ऐन, २०७३ को दफा १६ बमोजिम आधुनिक नेपाल समाजवादी पार्टी [दर्ता नं.२१] नामक राजनीतिक दलले विधान बमोजिम तोकिएको समयमा केन्द्रीय पादाधिकारी र सदस्यको निर्वाचन नगरेको  र आयोगबाट भएको जरिवाना  समेत  नबुझाएका जनाउँदै     जरिवाना बुझाउन एक पटक मौका दिई तोकिएको समयमा जरिवाना नबुझाएमा कानून बमोजिम दल दर्ता खारेजको प्रकृया अगाडि बढाइने चेतावनी समेत दिएको छ।साथै आयोगले ऐनको दफा १५ बमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिताको व्यवस्था गर्न पनि आयोगले निर्देशन दिएकोछ ।

यस्तो छ आयोग १५ बुँदे निर्देशनको विस्तृत प्रारुप: