सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस महासमिति बैठकका लागि विभिन्न उपसमिति गठन

 काठमाडौं फागुन ३,

राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता ।। नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने आसन्न महासमिति बैठक प्रयोजनका लागि विभिन्न नौ उपसमिति गठन गरिएकोछ ।
महासमिति बैठकलाइ व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको   पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले बैठकलाइ   परिणाममुखी बनाउन सबै उपसमितिलाई पूर्णता दिएर काम सुरु गरिसकेको  जानकारी दिनुभएको हो ।

त्यस्तै कांग्रेसले महासमिति बैठकस्थलमा फागुन ६ देखि १० गतेसम्म मिडिया सेन्टर स्थापना गरिने, कार्यक्रमको उद्घाटन र समापनको प्रत्यक्ष प्रसारण गरिने, प्रत्येक दिन तीन–तीन घण्टामा सञ्चारमाध्यमलाई समाचार दिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ ।

त्यस्तै महासमिति बैठकसम्बन्धी सबै किसिमका नियमित वा आकस्मिक सूचना प्रवाह गर्ने प्रविधियुक्त [डिजिटल] एक सूचना केन्द्र स्थापना गर्ने र डिजिटल बोर्डबाट कम्तीमा तीन स्थानमा सूचना दिने व्यवस्था मिलाउनुका साथै महाधिवेशनमा सहभागीले स्मरणका लागि फोटो लिन आकर्षक स्थानमा सेल्फी प्वाइन्ट बनाउन लागिएको काँग्रेसले जनाएको छ ।

 देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यले भाग लिने कांग्रेस महासमिति बैठकमा देश तथा विदेशबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएकोछ ।