सोमवार, जेष्ठ ७, २०८१

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा किर्ते प्रकरणको आज फैसला हुँदै

काठमाडौं फागुन ३ ,
बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले चार वर्षअघि विशेष अदालतमा दायर मुद्धाको फैसला आज सुनाउने भएको छ । बुधवारनै फैसला सुनाउने तयारी भएपनि फैसला लेख्न नभ्याइएका कारण हेर्दाहेर्दैमा राख्दै आज फैसला सुनाउने तयारी गरेको हो ।

स्मरण रहोस, बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारी ,अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले  प्रस्तुत मुद्धामा   चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनालाई बिगो जरिवानासहित र ६५ जनाको जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।

साथै प्रस्तुत प्रकरणमा प्रत्यक्ष जोडिएका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, बाबुराम भट्टराई र एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत पहुँचवाला व्यक्तिलाई जोगाएर मुद्दा लगेको भन्दै आयोगको आलोचना हुँदै गर्दाको अवस्थामा आज आवश्यक वहसपैरवी पछि विशेष अदालते आज फसला सुनाउन लागेको हो ।