सोमवार, जेष्ठ ७, २०८१

आजदेखि राजधानीमा ‘विश्व सामाजिक मञ्च’को सम्मेलन हुँदै

 काठमाडौं फागुन ३ ,
आजदेखि राजधानीमा ‘विश्व सामाजिक मञ्च’ को पाँच दिने १६औँ सम्मेलन सुरु हुँदैछ । अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सामाजिक तथा जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण तथा दिगो शान्ति कायमका लागि दबाब सिर्जना गर्ने उद्देश्यले विश्वव्यापी रुपमा आयोजना हुँदै आएको विश्व सामाजिक मञ्चको सम्मेलन प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चल्नेछहुन लागेको हो ।

 विश्वका ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अभियन्ता र प्रतिनिधि सहभागी हुने बताइएको सम्मेलनको पहिलो दिन उद्घाटनसत्रपूर्व मार्चपास लगायतका कार्यक्रमको आयोजना हुने सम्मेलन व्यवस्थापक समितिले जनाएको छ ।

त्यस्ते सम्मेलनमा नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु संकट, छुवाछुत तथा रंगभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेदविरुद्ध छलफल र बहस संगै काठमाडौं घोषणापत्र जारी हुने सम्मेलन आयोजक समितिले जनाएको छ ।