सोमवार, जेष्ठ ७, २०८१

सरकारविरूद्ध आन्दोलनको तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं फागुन ३ ,
प्रमुखप्रतिपक्षिदल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।  दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकले आगामी फागुन १० देखि १३ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकको तयारी संगै समसायिक राजनीतिक विषयहरुमाथि छलफलको कार्यसूची तय गरेको सम्वद्ध स्रोतले जनाएको छ।

समाचार स्रोतका अनुसार सरकारविरूद्ध आन्दोलनको तयारीमा रहेको नेकपा एमाले यसअघि तल्ला कमिटीलाई आन्दोलनको तयारीमा रहन निर्देशन समेत दिइसकेको छ। आन्दोलनको क्रममा पहिलो चरण अन्र्तगत सातै प्रदेशमा विरोध सभाको तयारी गरेको बुझिएको छ।