सोमवार, जेष्ठ ७, २०८१

महासमितिको बैठक केन्द्रीत हुँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

 काठमाडौं फागुन ३ ,

सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको आसन्न  महासमितिको बैठकको तयारीबारे छलफल गर्न आज केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक छन ।

त्यस्ते मुख्यसचिव पौडेलका बुधबार पत्रकार सम्मेलन गरेर महासमितिको बैठकको तयारीका बारेमा जानकारी गराएको जनाउँदै आजको बैठकमा महासमितिको बैठकको तयारीका बारेमा छलफलको कार्यसूची रहेको बताउनभयो ।

त्यस्तै आसन्न काँग्रेस महासमितिको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव ,महामन्त्री गगनकुमार थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसाययिक राजनीतिक परिस्थितीको बारेमा प्रतिवेदन पेश गर्ने तयारी रहेको छ ।