सोमवार, जेष्ठ ७, २०८१

आगामी सोमवार ईपीएस भाषा परीक्षा सञ्चालन हुने [सूचनासहित]

काठमाडौं फागुन ३ ,
ईपीएस कोरिया शाखा ग्वार्को, ललितपुरले बुधवार एक सार्वजनिक सूचना जारी गर्दै कोरियन भाषा परीक्षा हुने स्थान तय भएको जानकारी दिएको छ ।

आगामी सोमवार हुने परीक्षाको लागि राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीमा रजिष्टेशन नम्व अनुसार परीक्षा हुने दिन दुई घण्टा अगावै परीक्षा उपस्थित हुन सूचित गरेको छ।

साथै निर्धारित मिति, समय र सिफ्टमा आवश्यक कागजात राहदानी र प्रवेश पत्रसहित उपस्थित नहुनेलाई परीक्षामा समावेश नगराइने जनाउँदै ईपीएस कोरिया शाखा ग्वार्कोले परीक्षा अघिल्लो दिन ईपीएस कोरिया शाखा कार्यालयमा वायो मेट्रिक रजिष्ट्रेशनका लागि उपस्थित हुन समेत सूचीत गरेको छ।