सोमवार, जेष्ठ ७, २०८१

माओवादीको विधान अधिवेशन: आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने

 तर्कसंगत रुपमा कसैले नेतृत्व दाबी गरे छाड्न पनि तयार : अध्यक्ष प्रचण्ड

काठमाडौं फागुन २,
मंगलबारदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी छ । सम्मेलनको उद्घाटनपछि मंगलबार विधानबारे छलफल र सुझाव संकलनका लागि २० वटा समूहहरू बनाइएको छ ।

ती समूहले औपचारिक र अनौपचारिक दुवैरुपमा छलफल गरिरहेका छन् । आजको बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने सम्वद्ध स्रोतले जनाएको छ।

यसैवीच फाल्गुण ३ बिहीबारसम्म चल्ने सम्मेलनमको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले तर्कसंगत रुपमा कसैले नेतृत्व दाबी गरे छाड्न पनि तयार रहेको बताउनुभएकोछ ।

यद्यपी पार्टीलाई अझ सबल र बलियो बनाउनुको विकल्प नभएको जनाउसंगै पछिल्लो समय माओवादीहरुलाई एक्लाउने प्रयाससंगै प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन थालेकाले प्रतिवाद गर्न पनि ढिला नगरी एउटै मोर्चामा उभिन माओवादी पक्षधरहरुलाई आह्वानसमेत गर्नुभयो ।

सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहेको छ एव एक हजार दुई सयभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी रहेका छन् ।