सोमवार, जेष्ठ ७, २०८१

पश्चिमी वायुको प्रभाव : देशभर बदली , बागमती प्रदेशका एकाध स्थानमा हल्का वर्षाको सम्भावना

 काठमाडौं फागुन २,

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायुको प्रभावबढेसंगै देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले आज दिउँसो कोशी, मधेस, , गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीसंगै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको  छ ।

त्यस्ते देशको उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासंगै कोशी र मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा भने मौसम सफा रहने जनाएको छ ।