आज श्रीपञ्चमी पर्व : विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाअर्चना सहित मनाइँदै

स्वयम्भूस्थित देवी सरस्वती मन्दिर

 सरस्वतीको ध्यान ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’

काठमाडौं  फागुन २,

आज माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । आजको दिन सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास सहित विद्याकी अधिष्ठात्री देवी मात्र नभइ सिर्जनाकी देवी समेत भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । आजको दिन विशेषगरि उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, त्यसमाथि पनि छात्रछात्राको उल्लेख्य घुइँचो लाग्नेगर्छ ।

सरस्वती वंदना :

सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥१।।
प्रथमं भारती नाम द्वितीयं च सरस्वती।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी॥२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी चा‌‌‍‍‍‌ऽष्टमं वरदायिनी॥३।।‌‍‌‌
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी॥४।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती॥५।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥१।।

त्यसो त आजबाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमीका रुपमा पनि मनाइने गरिन्छ । त्यस्तै आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने धार्मिक मान्यता रहिआएको छ । यसैवीच यस बसन्तपुरस्थित हनुमानढोका दरबारमा राष्ट्राध्यक्षको उपस्थितीमा वसन्त श्रवण गराइने प्रचलन रहिआएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829