सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस केन्द्रीय समितिमा पेश भएका प्रस्तावमाथि शुक्रबारबाट छलफल हुने

काठमाडौं फागुन ३,
नेपाली कांग्रेसको पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय समितिको बैठकमा चार वटा प्रस्ताव पेस भएका छन्।

प्राप्त जानकारी अनुसार पार्टीका नेता एवं अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारको तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारेको प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सुगठनसम्बन्धी प्रस्ताव र उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रस्ताव पेस गरेको हो।

त्यस्तै बैठकमा पेश भएको प्रस्तावमाथि शुक्रबारबाट छलफल हुने बताइएकोछ ।