सोमवार, जेष्ठ ७, २०८१

विभिन्न कार्यक्रम सहित ३३ औँ स्थापना दिवस मनाउँदै अख्तियार

काठमाडौं माघ २८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुधारौँ सोच, संस्कार र व्यवहार नियन्त्रण हुन्छ भ्रष्टाचारु भन्ने मूल नाराका साथ ३३ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

ु अख्तियारले सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रूपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो ।

आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दर्ता गर्दै आइरहेको छ ।  पछिल्लो समय आयोगमा परेका उजुरीमध्ये ५० प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन् । स्थानीय तहपछि अख्तियारमा भूमि र शिक्षासँग सम्बन्धित उजुरी रहेको आयोगले जनाएको छ।