शुक्रबार, फाल्गुन १८, २०८०

शिखलापुर धिमे जात्राको चौथौं संस्करण फागुन १२ मा

काठमाडौं माघ २७,
आगामी फागुन १२ गते रोट्रयाक्ट क्लब अफ शिखलापुर र ईन्ट्रयाक्ट क्लब अफ शिखलापुरको आयोजनामा शिखलापुर धिमे जात्राको चौथौं संस्करणको आयोजना हुने भएको छ ।

मुलत सिङ्गो नेपालको एक मौलिक तथा महत्वपूर्ण सांस्कृतिक पहिचानको रुपमा रहेको परम्परागत धिमे बाजाको मौलिक पहिचानको जर्गेनासंगै बाजा वादनको ज्ञान प्रवाह गर्ने लक्ष्य सहित विगत ३ वर्ष देखि प्रत्येक वर्ष प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

 धिमे जात्राले  नेपालको  फरक मौलिक पहिचानलाई विश्व समाजमा उजागर गर्नुको अलावा पर्यटन बिकासको एक महत्वपूर्ण आधार  भएको ठहर सहित जात्रालाइ निरन्तरता दिदै आएको हो।

त्यस्तै जात्राको चौथौं संस्करणमा काभ्रे, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौं लगायत ३० जिल्लाका वाजा समुहवीच प्रतिस्प्रर्धा गराइने जानकारी दिएको छ।

 धुलिखेल नगरपालिका संरक्षक रहेको जात्राको गोर्खा ब्रुअरी ,डावर नेपाल,अविनाश डिष्टिलरीको मुख्य प्रायोजक रहेको छ भने कि इन्टरनेशनल , रोटरी क्ल्व अफ धुलिखेल डिभि ट्रेडिङ्ग लगायतका संघसंस्था प्रायोजक रहेका छन ।  धुलिखेलको लाक्षीमा आयोजना हुने जात्राको क्रममा नेवारी खाना, स्वास्थ्य शिवि, नृत्यप्रदर्शनसंगै रञ्जना लिपिको समेत प्रदर्शन गरिने आयोजक संसथाले जनाएको छ।

साथै जात्रा आयोजनार्थ नेपाल लिपि गुठी, हाम्रो जात्रा लाइव, नेवा विनेवार्स, निखिल फोटोग्राफी,सोनिग जात्रा,रुटिङ्ग अफ काभ्रे बन्द, वनेपा हेल्थ केयर, जागरुथ युथ नेपालको सहकार्य रहने छ।