सोमवार, जेष्ठ ७, २०८१

आज काठमाडौं काँग्रेस क्षेत्रीय प्रदेश सभापतिहरुको प्रथम भेला हुँदै

साझा अवधारणा निर्माणमा अर्जुनदृष्टि:

 काठमाडौं माघ २८,

पछिल्लो समय नेपाली काँग्रेस पार्टीगत वृतमा देखिएको अनेकन आरोह अवरोलाइ सम्बोधन गर्दै पार्टीमा नयाँ उर्जा सञ्चार गर्ने मुल अभिष्ट सहित काठमाडौं काँग्रेस अन्र्तगतका क्षेत्रीय प्रदेश सभापतिहरुको  प्रारम्भिक  भेलाको आयोजना आज हुँदैछ ।

काँग्रेसको आसन्न नीति अधिवेशनको पूर्व संघारमा हुन लागेको काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रका सबै क्षेत्रीय प्रदेश सभापतिहरुको प्रस्तुत प्रारम्भिक भेलाले साङ्गठनिक विकास र विस्तारका लागि साझा अवधारणा निर्माणमा अर्जुनदृष्टि कायम गर्ने कार्यसूची तय गरेको भेलाका संयोजक एवम काठमाडौ काँग्रेस क्षेत्र न. ८ ख प्रदेशका सभापति शिव कुमार खनालले जानकारी दिनुभयो ।

 सभापति खनालले जनअपेक्षालाई समयमै सम्बोधन गर्नका लागि कांग्रेसमा नीति र नेतृत्व दुवै चलायमान हुनु आवश्यक रहेका ठहर सहित  भेलामार्फत आसन्न नीति अधिवेशन प्रयोजनार्थ पार्टीको मूल्य ,मान्यता र सिद्धान्त अनुरुप समयसापेक्ष वैचारिक वहसका लागि पार्टीको तल्लो तहबाट तय गर्ने नविनतम ,रचनात्मक र वैज्ञानिक सुझाव सहितको नितिगत विषयवस्तुले पार्टीभित्र मौलाउदै आएको पारिवारिक विरासत, नातावाद र कृपावाद जस्ता वेतिथि अन्त्यका लागि सम्बोधन गर्नुपर्ने मार्गको पहिचान गर्ने बताउनुभयो ।

साथै  राजधानीको स्थित क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजना हुने  भेलाले  सूचना प्रविधि र सामाजिक सञ्जालको अधिकतम प्रयोगसंगै जनजनमा काँग्रेस अभियानलाइ समेत थप मुखरित गर्दै आसन्न तीनवटै तहको निर्वाचनमा कांग्रेसका पक्षमा माहोल बनाउन समेत कोशेढुङ्गा सावित हुने सभापति खनालले बताए ।