सोमवार, जेष्ठ ७, २०८१

भ्रष्टाचार नियन्त्रणका लागि ठोस् कदम चाल्न आवश्यक : राष्ट्रपति पौडेल

 साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठूलो भ्रष्टाचारमा मुछिएकाहरु भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन गर्न राष्ट्रपतिको उत्प्रेरणा

काठमाडौं माघ २८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् । साथै उहाँले मुलुकको आर्थिक संमृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको समेत बताउनुएयो ।

साथै पछिल्लो समय महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्नेमा जोड दिदै हाम्रो अन्तर्राष्ट्रिय प्रतिवद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताका अनुरुप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमान्दार र पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभयो ।

सम्बोधनकै क्रममा राष्ट्रपति पौडेलले अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठूलो भ्रष्टाचारमा मुछिएकाहरु भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुने गरी काम गर्न आग्रहसंगै सरकारले समेत भ्रष्टाचार नियन्त्रणका लागि ठोस् कदम चाल्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने जनाउसंगै राष्ट्रको उन्नतिमा अवरोध सिर्जना गर्ने भएकाकारण भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु हो भनदै उहाँले ‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ, भ्रष्टाचारको सम्भावना त्यति नै कम हुने बताउनुभयो ।