सोमवार, जेष्ठ ७, २०८१

ठूलो दलको हैसियतमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबी

 काठमाडौं माघ २५ ,

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल भएका कारण अध्यक्षमा पार्टीको दाबी रहने बताएका छन् । संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा उहाँले राष्ट्रिय सभा अध्यक्षमा दाबी रहने बतउनुभएको हो ।

निर्वाचन आयोगले फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गर्ने क्यालेन्डर सार्वजनिक भएको छ। यअघि सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचन पछि राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दै छ ।
यसवीचमा माओवादी केन्द्रको आइतबार र सोमबार बसेको संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छोड्न नहुने धारणा अभिव्यक्त गरेयता अध्यक्ष तथा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने जनाउ दिनुभएको हो ।

त्यस्ते यसवीचमा सत्ता गठबन्धनमा भएको समझदारीअनुसार प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिनुपर्ने हुँदा अध्यक्ष छोड्न नहुने तर्क समेत सार्वजनिक हुन थालेका छन ।