सोमवार, जेष्ठ ७, २०८१

पूर्वमन्त्री बुढाथोकीको निधनमा शोक प्रस्ताव सहित पार्टीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

काठमाडौँ माघ २३,
नेपाली कांग्रेस कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको बैठकले बुढाथोकीको निधनमा शोक प्रस्ताव गर्दै माघ २३ ९ २५ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरुमा झन्डा आधा झुकाउने र पार्टीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्नेसमेत निर्णय गरेको छ ।

पूर्वसामान्य प्रशासनमन्त्रीसमेत रहेका ८० वर्षीय कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको उपचारका क्रममा सोमबार विराटनगरमा निधन भएको हो । चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय थिए । २०५१ सालको संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट उनी पहिलोपटक निर्वाचित भएका थिए ।