सोमवार, जेष्ठ ७, २०८१

क्रोएसिया पठाईदिन्छु भन्दै १४ लाख ३५ हजार ठगी गर्ने प्रजापति पक्राउ

काठमाडौँ माघ २३, 

क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका९३ कौशलटार बस्ने ३१ वर्षीय सन्जन प्रजापतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रजापतिले ७ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक -पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो ।

 पक्राउ परेका प्रजापति उपर थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं चलान गरिएको जनाएको  छ ।