सोमवार, जेष्ठ ७, २०८१

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कांग्रेस नेता बुढाथोकीको निधन

काठमाडौं माघ २३ ,

   नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएसंगै नेपाली कांग्रेसको जारी समुदायमा कांग्रेस अभियान रोकिएको छ । संविधानसभाका सदस्य समेत रहेका कांग्रेस नेता बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान तत्कालका लागि  रोकिने भएको हो।

यसैवीच कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी सूचनामा उल्लेख गरिएको छ । काँग्रेस सम्वद्ध स्रोतका अनुसार अहिले बस्दै गरेको कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले अभियान रोकिएको औपचारिक निर्णय गर्ने तयारी भएको थाहा भएको छ ।