सोमवार, जेष्ठ ७, २०८१

सिभिल सहकारीका सञ्चालक इच्छाराजलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश

काठमाडौं माघ २२,
विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा तामाङलाई आइतवार तीन वर्ष कैद र एक अर्ब ७३ करोड बढी जरिवाना तोकेको हो ।

त्यसैगरी अदालतले तामाङ पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड बिगो तोकेको छ भने तामाङका मामा ससुरा केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद र २५ करोड बिगो त्यत्ति नै बराबरको जरिवाना;+u} दोषी ठहर भएका सबैको सम्पत्ति जफत गर्न आदेशसमेत दिएको छ ।