सोमवार, जेष्ठ ७, २०८१

कांग्रेस महासमिति बैठक : विभिन्न आठओटा उपसमितिको सयोजक चयन

काठमाडौ माघ २१,
सत्तासाझेदार दल नेपाली कांग्रेसले आगामी फागुन ७ बाट सुरु हुने महासमितिको बैठक तयारीका लागि मूल समिति अन्र्तगत गठित विभिन्न उपसमितिका लागि संयोजकको चयन गरिएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले ८ वटा उपसमिति क्रमस प्रचार प्रसार उपसमिति -मीनबहादुर विश्वकर्मा ,आवास समन्वय उपसमिति- मदनबहादुर अमात्य, स्वयंसेवक परिचालन उपसमिति -जीतजंग बस्नेत , भोजन व्यवस्थापन उपसमिति- उदय शमशेर राणा, यातायात व्यवस्थापन उपसमिति- धना खतिवडा,स्वास्थ्य समन्वय उपसमिति- उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमिति- इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा ललितपुर काँग्रेसका सभापति जितेन्द्र श्रेष्ठलाइ चयन गरी जिम्मेवारी दिनुभएको जानकारी दिनुभयो ।

त्यस्तै महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरूले कुशलतापूर्वक निभाउने कुरामा सभापति देउवाले विश्वास व्यक्त गरेको मुख्यसचिव पौडेलले बताउनुभयो ।