सोमवार, जेष्ठ ७, २०८१

ललितपुर नापीका सर्भेक्षक रामवीर यादवसहित ३ जना अख्तियारको नियन्त्रणमा

काठमाडौं माघ १०,
ख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्भेक्षक रामवीर यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेका छन् ।

सेवाग्राहीको जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ मंगलबार कार्यालय समयपछि अपराह्न ४:२० मा कार्यालयबाटै सर्भेक्षक यादवसहित लेखापढी ब्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई नियन्त्रणमा लिएको हो घुस रकम २ लाख ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

समाचार स्रोतका अनुसार भूमिब्यवस्था मन्त्री रन्जिता श्रेष्ठ, उनका पीए सरोज बुुढाथोकी, निजी सचिव बसन्त पुरीको निर्देशनमा सर्भेक्षकदेखि नापी अधिकृतहरुलाई दररेट तोकेर पैसा उठाउन निर्देशन दिएकै कारण पछिल्लो समय नापी कार्यालय ललितपुरमा कार्यालयका प्रमुखकै सेटिङ घुस आतंक रहेको बुझिएको छ ।