सोमवार, जेष्ठ ७, २०८१

यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेल्दै

काठमाडौं माघ १०,
यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दैछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ।नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ।

यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो।

यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् । तीमध्ये एक खेल पूरा हुन सकेन भने एक खेलमा नेपाल तथा एक खेलमा पाकिस्तानले जीत हात पारेको थियो ।