आइतवार, जेष्ठ ६, २०८१

न्यूरोड क्षेत्रमा सवारी पार्किङ् निषेध गर्ने महानगरको निर्णय विरुद्ध आज पनि विरोध प्रदर्शन हुँदै

 काठमाडौं माघ १०,

काठमाडौँ महानगरले मंगलबार देखि न्यूरोड र आसपासको क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाएसंगै विरोधमा उत्रेका व्यवसायीहरुले आज पनि न्युरोड क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।

महानगरले नयाँ सडक क्षेत्रमा बड्दो सवारी आवागमनलाई सहज बनाउँने लक्ष्य अनुरुप सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा प्रदान गर्दा समेत महानगरको तर्फबाट प्रस्तुत विकल्प व्यवसायमैत्री नभएको भन्दै व्यवसायीशरुले मंगलवार पनि आआफ्ना पसल बन्द गर्दै प्रदर्शन गरेका थिए ।

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयनमा ल्याइसकेको महानगरले पछिल्लो समय धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ् निषेध गरेपछि व्यवसायी विरोधमा उत्रेको हो ।

व्यवसायीहरुले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको भन्दै ‘व्यापार व्यवसाय सिर्जित मन्दीको पिडा खेप्दै गरेका व्यवसायीलाइ महानगरको यो कदमले थप पिडा दिएको बताएका छन ।