सोमवार, जेष्ठ ७, २०८१

समुदायमा कांग्रेस अभियान: पार्टी महामन्त्री थापा मेची महाकाली संवाद यात्रामा जाँदै

काठमाडौं माघ १०,
नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान अन्र्तगत पार्टी महामन्त्री गगनकुमार थापा मेची महाकाली संवाद यात्रामा निस्कने भएका छन् ।

पछिल्लो समय पार्टी पक्ति र कार्यकर्तावृतमा देखिएको विचलनलाइ सम्बोधन गर्ने लक्ष्य अनुसार नेपाली काँग्रेसले जनताका गुनासा तथा सुझाव लिन संवाद यात्रा कार्यक्रमको आयोजना गरेको हो ।

संवाद यात्राको विषयमा महामन्त्री थापाले माघ १३ मा झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ मेचीपुल भन्सारबाट आरम्भ गर्दै झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

संवाद यात्राको क्रममा बढीभन्दा बढी जनताका कुरा सुन्ने र उहाँहरुको मागलाइ सम्बोधन गर्ने योजना रहेको जानकारीदिदै उहाँले माघ २६ गते यात्रा समापनको क्रममा ठोस निर्णय लिने बताउनुभयो ।