सोमवार, जेष्ठ ७, २०८१

सहकारीको रकम आफ्नो खातामा जम्मा भएको रास्वपा सभापति लामिछानेको प्रष्टीकरण

 काठमाडौँ माघ ८,
राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छाडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीबापत आफूले पैसा नलिएको दाबी गरेका छन्।

सहकारीको पैसा दुरूपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यममा आएको जस्तो एक करोड ८० लाख रूपैयाँ आफ्नो खातामा जम्मा नभएको जिकिर गरे।

‘मैले गोर्खा मिडिया नेटवर्कअन्तर्गत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्दै गर्दा गुडविल शेयरको अपेक्षा गरेको र गुडविल शेयरको प्रावधान नभएकाले त्यसलाई प्रणालीमा ल्याउनका लागि गरिएका बाहेक मैले लिएको वा दिएको छैन,’ सो सम्बन्धमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले भने।

‘सन् २०२२ जुन १७ मा एक करोड ८० लाख रूपैयाँको चेक मेरो खातामा क्रेडिट गरिएको तर उक्त चेक इलेक्ट्रिोनिक चेक क्लियरिङ ९ईसीसी० मार्फत चेक क्लियरिङमा पठाउँदा सो खातामा रकम पर्याप्त नभएको हुँदा सो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ,’ बैंकको पत्र देखाउँदै उनले भने।

पत्रकार सम्मेलनमा पूर्वबैंकर एवम् रास्वपाका नेता अनिलकेशरी शाह लगायतले चेक क्लियरिङ नभएकाले उक्त चेकमा उल्लेखित रकम सभापति लामिछानेको खातामा जम्मा नभएको र यस्ता घटना बैंकिङ क्षेत्रमा भइरहने भन्दै सभापति लामिछानेको बचाउ गरे ।